चट्याङ लागेर एकजनाको ज्यान गयो

 बैशाख ३, २०७६ मंगलबार ८:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएको हो । 

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा नै उहाँको ज्यान गएको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया