पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
खोटाङ – हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा ज्यान गएको हो ।
घाइतेमध्ये ६ जनालाई टिचिङ अस्पताल, काठमाण्डौ लगिएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल दिक्तेल लगिएको डीएसपी केसीले जानकारी दिनुभयो । बसमा जम्मा १५ जना सवार थिए । गाडीका सहचालक सकुशल छन् ।