डेष्टिनी १२५ स्कूटर नेपाली बजारमा

 बैशाख ३, २०७६ मंगलबार १३:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । 

हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिनुभयो । 

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दावी गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया