सामसङकाे ग्यालेक्सी ए२० बजारमा

 बैशाख ३, २०७६ मंगलबार १८:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामसङ नेपालले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।

यो फोन यस वर्ष ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड डिस्प्ले रहेकाे छ ।

यसमा एण्ड्राेइडकाे सबैभन्दा पछिल्लाे भर्जन एण्ड्राेइड पाइ अपरेटिङ  सिस्टम तथा सामसङ वान युजर इन्टरफेस रहेकाे कम्पनीले जनाएकाे छ ।

यसकाे बजार मूल्य २०,४९० रुपैयाँ ताेकिएकाे छ भने सुनौलो, नीलो र कालो रंगमा उपलब्ध छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया