आईसीसीको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

 बैशाख ४, २०७६ बुधबार ६:३१:६ | उज्यालो सहकर्मी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं  स्थानमा रहेको छ ।  यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी-ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ । नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया