हुम्लामा हवाई सेवा अवरुद्ध

 वैशाख ४, २०७६ बुधबार १३:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – लगातारको वर्षापछि हुम्लाको एकमात्र यातायातको साधन हवाइ सेवा बन्द भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् । 

२ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् । हवाइ सेवा बन्द हुँदा जिल्ला अस्पतालबाट थप उपचारका लागि रिफर भएका बिरामी थप मारमा परेका छन् ।

वर्षाका कारण चिसो अत्याधिक बढेकाले सदरमुकाम सिमकोटको चहल पहल शून्य भएको छ । सदरमुकाम सिमकोट बजार हिलाम्मे हुँदा मानिसहरुलाई आवत–जावतमा पनि समस्या भएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया