गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत

 वैशाख ५, २०७६ बिहीबार १२:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो ।

मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लिएर गएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनी मियाँ फरार भएका थिए । 

मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरीे टोलीले घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

बालिका बलात्कार गर्ने मियाँलाई जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । मिया भैँसी व्यापारी हुन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया