सात वर्षमा यी चार एयरलाइन्सको हालत विजय माल्याको किङफिशरजस्तै भयो

 बैशाख ५, २०७६ बिहिबार १९:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्थिक संकटसँग जुधिरहेको एयरलाइन्स जेट एयरवेजको सबै विमान सेवा अस्थायी रुपमा बन्द भएको छ । जेट एयरवेजको यस्तो अवस्था देखेर सबैलाई विजय माल्याको एयरलाइन्स किङफिशरको याद आइरहेको छ । 

सात वर्षअघि सन् २०१२ अक्टोबरमा ऋणमा डुबेको किङफिशरले पनि सबै विमान सेवा बन्द गरेको थियो । यस्तो अवस्थामा जेट एयरवेजको हालत पनि किङफिशरको जस्तै भएको बताइएको छ । यद्यपि किङफिशरबाहेक बितेको सात वर्षमा अन्य ४ वटा एयरलाइन्स कम्पनी पनि बन्द भइसकेका छन् । 

किङ्गफिशर 

भारतीय व्यापारी विजय माल्याको किङफिशरले सन् २०१२ मा आफ्नो कारोबार बन्द गरेको थियो । बन्द हुनुभन्दा झण्डै १० वर्षअघि सुरु भएको किङफिशर एयरलाइन्स लगातार कर्जा डुबिरहेको थियो । माल्यामाथि बैंकको ९ हजार कराेड रुपैयाँ बक्यौता बाँकी छ । माल्या अहिले भागिरहेका छन् । 

जूम एयर

घरेलु एयरलाइन्स जूम एयरको अस्तित्व सन् २०१३ मा देखिएको भए पनि यसले सन् २०१७ मा मात्रै पहिलो उडान भरेको थियो । जूम एयरले सुरुमा दिल्ली, कोलकत्ता, मुम्बई र हैदराबादजस्ता राजधानीमा सेवा दिने बताएको थियो । तर केही दिनमा नै नगर विमानन नियामक (डीजीसीए) ले जूम एयरलाई सुरक्षाको नियम उल्लंघन गरेको दोषी ठहर गरेको थियो । 

एयर कार्निभल 

सीएमसी समूहको एयरलाइन्स एयर कार्निभलले पहिलो उडान सन् २०१६ मा गरेको थियो । सुरुवाती महिनामा यो एयरलाइन्सले दक्षिण भारतमा आफ्नो सेवा विस्तार गरेको थियो । पछि कर्जामा डुबेपछि सन् २०१७ मा यो एयरलाइन्स पनि बन्द भयो । 

एयर कोस्टा

क्षेत्रीय एयरलाइन्स कम्पनी एयर कोस्टाले दक्षिण भारतीय क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको थियो । सन् २०१३ मा मात्रै आफ्नो सेवा विस्तार गरेको एयरलाइन्सले भारतीय कारोबार कम्पनी एलईपीएल समूहको नियन्त्रणमा थियो । वित्तीय संकट उत्पन्न भए पछि कम्पनी आफ्नो कारोबार मात्र समेट्न बाध्य भयो । 

एयर पेगसास

बेंग्लाेरको एयरलाइन्स एयर पेगसासले सन् २०१५ अप्रिलबाट हवाई सेवा सुरु गरेको थियो । तर सञ्चालनमा आएको एक वर्षमा नै यो एयरलाइन्स दौडबाट बाहिरियो । डेकोर एभिएशनको सब्डरी कम्पनीबाट सञ्चालनमा आएको यो एयरलाइन्स पछि कर्जामा डुब्यो ।   

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया