म्यानमारले दियो नेपाललाई ५९ रनको लक्ष्य, विशालले लिए ४ विकेट

 बैशाख ७, २०७६ शनिबार १०:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमारविरुद्धको पहिलो खेलमा ५९ रनको लक्ष्य पाएको छ । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरका अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो । 

म्यानमारका लागि जम्मा दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । उसका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका चार खेलाडीले एक रन पनि जोड्न सकेनन् । 

म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा विशालविक्रम केसीले सर्वाधिक ४ विकेट लिए । ५ ओभर बलिङ गरेका केसीले २१ रन दिँदै ४ विकेल लिएका हुन् । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १-१ विकेट लिए । म्यानमारका ३ खेलाडी रनआउट भए ।    

५९ रन पछ्याएर जवाफी ब्याटिङमा उत्रेको नेपालले यो समाचार तयार पार्दासम्म ३ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । 

यसअघि २०१७ मा उपाधि जित्दा नेपाल र म्यानमार एकै समूहमा रहेका थिए । जसमा नेपालले म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराएको थियो । त्यसबेला नेपालले म्यानमारविरुद्ध तीन सय ५० रन बनाएका थियो । जसमा हाल यू–१९ क्रिकेट टिममा रहेका रित गौतमले शतक बनाएका थिए । यस्तै अर्का खेलाडी प्रतिस जिसीले अर्धशतक बनाएका थिए । जवाफमा म्यानमार मात्र १३ रनमा अलआउट भएको थियो ।

यसपटक पनि समूह 'ए' मा रहेको नेपालले समुह चरणमा मलेसिया, म्यानमार, थाइल्याण्डसँग खेल्नेछ । प्रतियाेगिता अगाडि भएकाे प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विशाल केसीले उपाधि रक्षा गर्ने लक्ष्यका साथ थाइल्याण्ड आएकाे बताएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया