इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो
बैशाख ९, २०८२ मंगलबार
प्यूठान – प्यूठानकाे स्वर्गद्वारी आश्रममा रहेका गाईबाट संकलित मुत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको छ ।
स्वर्गद्वारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुदै आएको छ । संकलित मुत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरी गौअर्घको रुपमा बिक्री गर्न सुरु गरिएको हो ।
झण्डै १ महिना अगाडिदेखि गौअर्घको रुपमा प्रशोधित गाईको मुत्र बिक्री गर्न सुरु गरिएको आश्रममा रहेका साधक बाबुराम न्यौपानेले जानकारी दिनुभयो । ८० लिटर गाैमुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिनुभयो ।
गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भए पनि चिसोका कारण पुरै क्षमतामा सञ्चालन हुन सकेको छैन ।
गाईहरुलाई पानी, कुँडाे खुवाउन सजिलो होस् भनेर वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आश्रममा सोलार पनि राखिदिएको छ । राप्ती अञ्चल अन्तर्गत प्यूठानको अग्लो शैलशिखरमा रहेको पावन क्षेत्र स्वर्गद्वारी आश्रमको स्थापना वि.सं. १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ । प्राचीन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा प्रसिद्ध थियो ।
वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँच पाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहदै आएको छ । आश्रममा २०५२ सालदेखि अखण्ड यज्ञ चल्दै आएको छ । स्वर्गद्वारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।