कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ - विवेकशील नेपाली दलले निकट भविष्यमै आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि आयोजक समितिमा रहने प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न थालेको छ ।
राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि हरेक प्रदेशबाट २÷२ प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न लागेको विवेकशील नेपाली दलले जनाएको छ ।
दलले शुक्रबार प्रदेश नम्बर ३ र प्रदेश नम्बर ८ बाट राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि २-२ जना प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिमार्फत चयन गरेको छ ।
प्रदेश ३ बाट सरला लामिछाने र सन्जिव भट्टराई तथा प्रदेश ८ बाट सारा प्याकुरेल र सुरेश भट्ट आश्रिनले सर्वाधिक मत ल्याएर प्रतिनिधिमा चयन भएको विवेकशील नेपाली दलकी मिडिया संयोजक अनुमा कोइरालाले जानकारी दिनुभयो ।
विवेकशील नेपाली दलले प्रवास समितिलाई ८ नम्बर प्रदेश मानेको छ । राष्ट्रिय सम्मेलनका लागि २१ जना प्रतिनिधि छनौट गर्ने क्रममा २ वटा प्रदेशको छनौट भइसकेको र बाँकी प्रदेशमा पनि छिट्टै प्रतिनिधि छनौट प्रकृया सक्ने कोइरालाले जानकारी दिनुभयो ।
अनलाइन निर्वाचन पद्धतिका लागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको र यसबाट परिणाम पनि उतिबेलै सार्वजनिक हुने उहाँले बताउनुभयो ।
ब्यालेट छपाइ, छाप तथा कर्मचारी तलब भत्तामा खर्च हुने निर्वाचन पद्धतिभन्दा अनलाइन निर्वाचन पद्धति कम खर्चमै सरल तरिकाले सम्पन्न गर्न सकिने कोइरालाले बताउनुभयो ।
अनलाईन निर्वाचन पद्धतिबाट मत दिन मतदाता पनि लाइन बस्न नपर्ने र समयको पनि बचत हुने हुँदा राष्ट्रिय निर्वाचनमा पनि यस्तै प्रविधि अंगाल्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।
२०७४ मा भएको तिनै तहको चुनावमा नेपालभन्दा बाहिर रहेका मतदाता मत हाल्नबाट वञ्चित भएका थिए ।
अब हुने निर्वाचनहरुमा भने प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत नै भोट हाल्न पाउने व्यवस्था मिलाउन दवाव दिन पनि आफूहरुले अनलाइन पद्धतिमार्फत प्रतिनिधि चयन गरेको विवेकशील नेपाली दलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।