सुनचाँदीको भाउ बढ्यो

 बैशाख ९, २०७६ सोमबार ११:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३०  रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया