सुरुमा ‘यात्रा’को कथा मन परेको थिएन : सलिमान बनियाँ

 बैशाख ९, २०७६ सोमबार १७:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता सलिनमान बनियाँ अभिनित चलचित्र 'यात्रा' यतिबेला प्रदर्शन भइरहेको छ । 'ए मेरो हजुर-३' सँगै एकै दिन बाट प्रदर्शन शुभारम्भ गरेको यात्रालाई धेरैले 'ए मेरो हजुर ३' को चेपुवामा पर्न सक्ने अड्कल गरेका थिए ।

तर राम्रो चलचित्र दिन सके २ वटा ठूला ब्यानरका चलचित्र एकै दिनमा प्रदर्शनमा आए पनि फरक नपर्ने उदाहरण यी दुई चलचित्रले दिएका छन् । यसैबीच हामीले चलचित्र यात्राका अभिनेता सलिनमान बनियाँसँग चलचित्र र दर्शकको प्रतिकृयाका विषयमा गफगाफ गरेका छाैँ । 

‘यात्रा’मा कत्तिको जाममा पर्नु भयो ?

चलचित्र यात्रा छायांकनका क्रममा मौसमको कारणले गर्दा अलि जाममा परियो । त्यसले गर्दा हाम्रो छायांकन सम्पन्न गर्न करिब ९२ दिन लाग्यो । र अहिले परिणाम पनि राम्रो आइरहेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनु भएको छ । 

तपाईंँले यस चलचित्रमा पनि कपाल काट्नु भएन । ‘ए मेरो हजुर-२’को जस्तै लुक्स आयो भन्ने आरोप छ नि । खास कुरा के हो ?

झट्ट हेर्दा त्यस्तो लागेको हो । तर यात्रा फिल्मको मेरो यस्तो हेयर स्टाइल ‘ए मेरो हजुर-२’को भन्दा बिल्कुलै फरक छ । अनि फिल्मको कथाले मागेको कारण पनि कपाल पाल्नुपरेकोे हो ।

यस चलचित्रको लागि द्वन्द्व प्याकेजहरु पनि सिक्नुभयो ?

मैले लगभग दुई-तीन महिना नै सिकेको थिए । सुरु सुरुमा त निकै गाह्रो पनि भयो । तर सबै भन्दा ठूलो कुरा आत्मविश्वास हो । मसँग आत्मविश्वास थियो, त्यसैले आज म सफल भएको हुँ । 

यस फिल्मको के कुरा मन परेर फिल्ममा साइन गर्नुभयो ?

सुरुमा कथा सुन्दा त मलाई त्यति मन परेको थिएन र म गर्दिन भन्ने निर्णय गरेको थिएँ । उहाँहरुले मेरै लागि भनेर कथाका केहि अंश परिमार्जन गर्नु भएछ । त्यही फिल्मको लागि फेरि मलाई अफर आयो । त्यतिबेला चै मलाई कथा पहिलाको भन्दा राम्रो लाग्यो र चलचित्रमा काम गर्न राजि भएँ । 

नयाँ नायिका मलिका महतसँग काम गर्दा कस्तो लाग्यो त ?

हामीले सोचेको भन्दा एकदमै राम्रो गर्नुभएको छ । र त्यही अनुसार उहाँको अभिनयलाई दर्शकले पनि रुचाउनु भएको छ । 

चलचित्र प्रदर्शन भइसकेको छ, कस्तो प्रतिक्रिया पाउँदै हुनुहन्छ ?

दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । हाम्रो फिल्मको गीत र ट्रेलरलाई जसरी रुचाउनु भएको थियो चलचित्रलाई पनि उत्तिकै माया गर्नुभएको छ । सबै दर्शकलाई धन्यवाद भन्न चाहान्छु । यात्रा हेर्नुभएको छैन भने हेर्न आग्रह गर्छु।

आफ्नो दोस्रो चलचित्र यात्रापछिको तपाईँको योजना के छ ? 

चलचित्र अझै पनि हलमा लागिरहेको छ । त्यसैले अहिले म यात्रा कै लागि मात्र सोचिरहेको छु । सायद अब केही समय आराम गर्छु । त्यसपछि चित्तबुझ्दो कथाको लागि अफर आयो भने काम गर्नेछु ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया