बार्सिलोनाको सहज जित

 बैशाख ११, २०७६ बुधबार ८:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले मंगलबार राति भएको खेलमा अलाभेसमाथि दुई शून्यको सहज जित निकालेको छ ।

जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि यात्रा झन् बलियो बनाएको छ । अलाभेसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बार्सिलोनाले बराबरी खेलेको थियो । तर ५४ औं मिनेटमा सेर्गी रोबर्टको पासमा कार्ल्स एलीनाले गोल गर्दै अग्रता दिलाए । 

स्टार खेलाडी लियोनल मेसीलाई सुरुमा बेञ्चमा राखेको बार्सिलोनाले ५६ औं मिनेटमा भीएआरको सहयोगमा पेनाल्टी पायो । जसलाई सदुपयोग गर्दै लुइस स्वारेजले ६० औं मिनेटमा बार्सिलोनालाई दुई शून्यले अगाडी राखे । 

त्यसपछि घरेलु टिम डिपोर्टिभो खेलमा फर्कन सकेन र पराजित भयो । जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८० अंक बनाएको छ ।

अब यदि दोस्रो स्थानको एट्लेटिको मड्रिडले बुधबार राति हुने भ्यालेन्सिया विरुद्धको खेलमा हार ब्यहोरेमा बार्सिलोनाले ला लिगाको उपाधि जित्नेछ । अहिले बार्सिलोना १२ अंकले अगाडि रहेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया