राष्ट्रिय महाधिवेशन तत्काल गर्न राजपा नेतृत्वलाई दबाब

 बैशाख ११, २०७६ बुधबार १६:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिबाब दिन सुरु गरेका छन् । तीन दिनयता काठमाण्डौमा जारी राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन् ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिनुभयो । 

राष्ट्रिय जनता पार्टी नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठकमा नेताहरुले अब भने महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

त्यसैगरी समान विचार भएका पार्टीहरुसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरुले जोड दिएको महासचिव झाले बताउनु भयो । राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल भैरहेको छ ।

बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया