सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ- काठमाण्डौ महानगरपालिका-१३, ताहाचल बस्ने ७४ वर्षीया ज्ञानु केसीको बुधबार झण्डै ४ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।
डल्लुमार्गमा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले सिक्री लुटपाट गरी फरार भएका हुन् । उनीहरुले चढेको मोटरसाइकलको नम्बर पनि खुलिसकेको छैन । लुटपाट भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।