पञ्जावमाथि बेंग्लोरको जित, बेंग्लोरको प्लेअफमा पुग्ने आशा कायमै

 बैशाख १२, २०७६ बिहिबार ६:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभेन पञ्जावमाथि १७ रनको जित निकालेको छ । यो जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने आशा कायम राखेको छ । 

बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । उसका लागि एबी डी भिलियर्स र मार्क स्टोनिसले पाँचौं विकेटका लागि आविजित १२१ रनको उत्कृष्ट पार्टनरसिप गरे । ब्यक्तिगत तर्फ डी भिलियर्सले ४४ बलमा ८२ रनको आक्रामक इनिङ खेले । उनले तीन चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै मार्क स्टोनिसले ३४ बलमा ४६ रन बनाए । ओपनर पार्थिव पटेलले पनि २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । 

२०३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनमा सिमित बन्यो । पञ्जावका लागि निकोलास पुरनले सर्वाधिक ४६ रनको योगदान दिए भने केएल राहुलले ४२, मायंक अग्रवालले ३५, डेविड मिलरले २४ तथा क्रिश गेलले २३ रन बनाए । 

पञ्जावविरुद्ध उमेश यादवले तीन विकेट लिए भने नवदीप सैनीले दुई विकेट हात पारे । 

जितसँगै बेंग्लोरले ११ खेलबाट ८ अंक बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । यो जितका कारण बेंग्लोरको प्लेअफमा पुग्ने सम्भावना जिवित बनेको छ । पञ्जावको भने १० अंक छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया