भूकम्पको चौथो स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा गरिँदै

 बैशाख १२, २०७६ बिहिबार ९:१७:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – भूकम्पको चौथो स्मृति दिवसका अवसरमा बिहीबार श्रद्धाञ्जली सभा गरिँदैछ ।

काठमाण्डौको बसन्तपुरमा ११ बजेर ५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ ।

त्यसअघि, प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरमा रहेको त्रिपुरासुन्दरी मन्दिर काष्ठमण्डपको पुनर्निर्माणको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया