ओमान र अमेरिकाले पाए आईसीसीबाट एक दिवसीय मान्यता

 बैशाख १२, २०७६ बिहिबार २०:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमान र अमेरिकाले बिहीबार एक दिवसीय मान्यता पाएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत भएकाे खेलमा ओमानले नामिबियालाई हराएपछि एक खेल अगावै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो । अमेरिकाले पनि हङ्कङलाई पराजित गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दुवै देशलाई एक दिवसीय मान्यताको घोषणा गरेकाे हाे ।

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टुबाट शीर्ष चार टिमले चार वर्षका लागि एक दिवसीय मान्यता पाउनेछन् । नामिबिया, हङ्कङ, क्यानडा र पपुवा न्युगिनी बाँकी दुई स्थानको लागि प्रतिष्पर्धामा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया