आइतबारदेखि मौसम सुधार हुने

 वैशाख १३, २०७६ शुक्रबार ७:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार पनि मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु  प्रधानाङ्गले जानकारी दिनुभयो । 

तर ठूलो पानी भने नपर्ने उहाँको अनुमान छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार माैसम नखुलेपनि आइतबारदेखि भने पूर्वसहित मध्य र पश्चिमको पहाडी भूभागको मौसममा सुधार आउने आउने माैसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । 

यसैबीच यसवर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको सोमबार र मंगलबार काठमाण्डौमा भएको चौधौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औषतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पानी पर्ने आँकलन गरेको हो । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया