श्रीमानले आगाे लगाउँदा घाइते भएकी कञ्चनकाे उपचारका क्रममा मृत्यु

 वैशाख १३, २०७६ शुक्रबार १८:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - श्रीमानले मट्टीतेल खन्याएर जलाएकी कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ ।

घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर जलाएका थिए ।

आगोले कञ्चनकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे थियाे । कञ्चनको उपचारका क्रममा शुक्रबार पौने ६ बजे काठमाण्डाैको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।  धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानबाट रेफर गरिएकी कञ्चनलाई शुक्रबार दिउँसो सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही घण्टापछि उनको ज्यान गएको माइतपक्षले जनाएको छ ।  

बिहीबार बिहान झण्डै ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर श्रीमानले जलाएका थिए । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले अवस्थामा गम्भीर घाइते फेला परेकी कञ्चनको तत्कालै उपचारका लागि  धारान लगिएको थियो । घटनापश्चात कञ्चनका पति बेचन फरार छन् भने उनकी सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

माइत पक्षले पति र सासूले छोरीलाई मट्टीतेल खन्याएर जलाएको दाबी गरेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया