नेपाल एयरलाइन्सको काठमाण्डौ-ओसाका उडान पक्का, तालिका सार्वजनिक

 बैशाख १३, २०७६ शुक्रबार २२:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल वायुसेवा निगमले काठमाण्डौ-जापान सिधा उडानको लागि अनुमति पाएको छ। नेपाल एयरलाइन्सलाई जापानको नागरिक उड्डयन संस्थाले बिहीबार उडान अनुमति दिएको हो।

उडान अनुमति पाएसँगै नेपान एयरलाइन्सले तालिका पनि सार्वजनिक गरेको छ । 

नेपाल र जापानबीच काठमाण्डौ-जापान हप्तामा ३ वटा सिधा उडान गर्ने सहमति अनुसार उडानको मिति र तालिका सार्वजनिक भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

काठमाण्डौ-ओसाका उडान असार १९ देखि उडान सुरु हुने एयरलाइन्सले जानकारी दिएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया