यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या १ सय ५५ पुगेको छ ।
१ सय ४८ जनाको उपचार भैरहेकोमा थप ७ जना झाडापखालाबाट बिरामी भएका हुन् । बिरामीमध्ये ५ जनाको जिल्ला अस्पताल तम्घास र एक जनाको चितवनमा उपचार भैरहेको छ । अरु बिरामीको अस्थायी शिविरमै उपचार भैरहेको छ ।
प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । झण्डै ५ किलोमिटर टाढाको ट्यांकीमार्फत दजाकोटमा वितरण गरिएको पानी पिएका स्थानीय बासिन्दामा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रोग नियन्त्रणको टोली शनिबार झाडापखाला प्रभावित क्षेत्रमा जाने श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।