एसीसी यू–१६ : नेपालले मलेसियालाई दियो एक सय ४१ रनको लक्ष्य

 बैशाख १५, २०७६ आइतबार १३:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र मलेसिया खेलिरहेका छन् । जसमा नेपालले मलेसियालाई एक सय ४१ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो । सुशान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दीपक बोहोरा २३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो । 

पाँचौ विकेटका लागि रोहन दुधराज विक र प्रशान्त महतले नेपालका पारीलाई सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । रोहन नौ रनमा आउट भए । त्यसपछि विशालकुमार पटेल दुई रनमा आउट भए भने प्रशान्त महत ४० रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय ६ रनमा सात विकेट गुमायो ।

त्यसपछि नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट झर्‍यो । क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । जसका कारण नेपालले एक सय ३१ मा ९ विकेट खेर फाल्यो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया