सगरमाथाको बेस क्याम्पमा चार वटा शव भेटिए

 वैशाख १५, २०७६ आइतबार १९:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् ।

सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो । 

सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । वैशाख १ गतेबाट सुरु गरिएको सफाइ अभियान सगरमाथाको बेस क्याम्पमा पुगेको छ । 

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गएको वैशाख १ गतेबाट सगरमाथा सफाइ अभियान सुरु गरेको हो । अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । सफाइ अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब दुई करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया