आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।
दिल्लीका लागि शिखर धावन र कप्तान श्रेयश अयरले अर्धशतक पारी खेले । शिखरले ५० रन बनाउँदा अयरले ५२ रन बनाए । त्यस्तै शरफेन रदरफोर्डले अविजित २८ र पृथ्वी शले १८ रनको योगदान दिए ।
बेंग्लोरका लागि युजवेन्द्र चाहलले २ विकेट लिए । त्यस्तै उमेश यादव, वासिङटन सुन्दर र नभदीप सैनीले समान ११ विकेट लिए ।
राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।