आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्स फेरि लिगको शीर्ष स्थानमा उक्लिँदै प्लेअफका लागि छनाैट भएकाे छ ।
आज भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लाेरलाई १६ रनले हराउँदै दिल्लीशीर्ष स्थानमा उक्लिएकाे हाे । दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७ रन बनायो । मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । उसका ओपनर पृथ्वी श ले १ रन बनाए ।
यस्तै शिखर धवनले फेरि अर्को अर्धसतक हात पारे । जारी आइपीएलमा उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै कप्तान श्रेयस ऐयरले ५२ रन बनाए । यी दुई खेलाडीले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । यस्तै कोलिन इन्ग्रामले ११ तथा रदरफोर्डले २८ र अक्षर पटेलले १६ रन बनाए ।
बलिङमा बैंग्लोरका युज्विन्द्र चहलले दुई विकेट हात पारे ।
जवाफमा बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ७१ रन मात्र बनाउन सक्यो । नेपाली बलर सन्दीप लामिछाने महंगो सावित भएको खेलमा बैंग्लोरका लागि पार्थिव पटेलले ३९, कप्तान विराट कोहलीले २३ तथा डेबेले २४ रन बनाए । यस्तै गुरकीरत सिंहले २७ र मार्कस स्टोइनिसले अविजित ३२ रन बनाए ।
यो जितपछि दिल्लीले चेन्नेइसँग अंक बराबरी गरे पनि रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।