सुजुकीले ल्यायाे ‘सुजुकी स्याेर प्राइज’ योजना

 बैशाख १५, २०७६ आइतबार २०:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँवर्ष २०७६ का अवसरमा सुजुकी स्याेर प्राइज नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४०००००८ रुपैयाँसम्मको नगद छुट, १०००००८ रुपैयाँसम्मको एक्चेन्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

यो योजना  वैशाख १३ गतेदेखि सुरु भएकाे र सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको र यो योजना देशैभर लागू हुने कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया