आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाकाे एकमात्र गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ ।
लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ ।
दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।