यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै - नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच आमसञ्चार अध्ययन अन्तर्गतका शैक्षिक कार्यक्रम गर्ने सहमति भएको छ ।
काठमाण्डौमा भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र इन्स्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
आउँदो असोज महिनाभित्र स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेष्टर सुरु गर्ने गरी दुवै संस्थाले सहमति जनाएका छन् । विश्वविद्यालयमा रहेको शैक्षिक विज्ञता र इन्ष्टिच्यूटले हासिल गरेको आमसञ्चारसम्बन्धी ज्ञानको समायोजन गरी दक्ष जनशक्ति उत्पादन गर्ने दुवै संस्थाको उद्देश्य छ । यो शैक्षिक कार्यक्रममा विश्वभरका व्यक्तिले आफूअनुकुल समयमा इन्टरनेटमार्फत अध्ययन गर्न मिल्नेगरी तयारी गरिने नेपाल प्रेस इन्स्टिच्यूटले जनाएको छ ।
यो कार्यक्रममा भर्ना हुन चाहने व्यक्तिको योग्यता विश्वविद्यालयको प्राज्ञिक परिषदले निर्धारण गरेबमोजिम हुनुपर्नेछ । सहमतिपत्रमा हस्ताक्षर गर्दै नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले सक्षमा पत्रकार उत्पादन गर्ने उदेश्यले दुई संस्थाबीच सहमति भएको बताउनुभयो ।
यस्तै नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतीले इन्स्टिच्यूटले ३५ वर्षदेखि तालिमको स्वरुपमा सञ्चालन गर्दै आएको शिक्षालाई शैक्षिक ढाँचामा लैजान सहकार्य गर्न लागिएको बताउनुभयो । अध्यक्ष उप्रेतीले कार्यक्रमलाई स्नातक, स्नाकोत्तर हुँदै एमफिल र विद्यावारिधिसम्म सञ्चालन गर्ने लक्ष्य लिइएको पनि स्पष्ट पार्नुभयो ।
इन्स्टिच्यूटले अहिलेसम्म ८ हजार भन्दा धेरै पत्रकारलाई तालिम दिइसकेको छ । ३ महिने, १० महिने र विषयगत तालिमसँगै पत्रकारितासँग सम्बन्धित २३ भन्दा धेरै पुस्तक पनि इन्स्टिच्यूटबाट प्रकाशित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।