देशैभर गर्मी बढ्यो

 वैशाख १७, २०७६ मंगलबार ८:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डौको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै धनकुटाको बिहानको तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस, दिपायलको १९ दशमलव २ डिग्री सेल्सियस, विरेन्द्रनगरको २० डिग्री सेल्सियस र पोखराको १८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । 

मौसम खुल्ला हुने भएकाले यो तापक्रम अझै बढ्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर बुधबार पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले दिपायल, नेपालगन्ज, घनगढी आसपासका क्षेत्रको तापक्रम थोरै घट्ने उहाँको अनुमान छ । 

मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने सफा रहने उहाँको अनुमान छ । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया