डलर, रियाल र दिर्हामको भाउ स्थिर

 बैशाख १७, २०७६ मंगलबार ११:४१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मंगलबार अमेरिकी डलर सहित, रियाल र दिर्हामको भाउ स्थिर छ भने अरु विदेशी मुद्राको भाउ थोरैले घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिददर सोमबारजस्तै १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम छ । 

कतारी रियाल १ को खरिददर पनि सोमबार जस्तै ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हामको भाउ पनि घटबढ भएको छैन । सोमबार जस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ । 

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९८ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया