यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०१९ को पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्यालीको आयोजना गरेको छ ।
बबरमहलदेखि सुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा महासंघका विभिन्न शाखाहरु, एशोसियट संस्थाहरुमा आबद्ध सयौं पत्रकार, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारसँग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । र्यालीपछिको सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अझै पनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताउनुभयो ।
उहाँले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्र, नागरिकका अधिकार र राष्ट्रियताका लागि लड्दै आएको संस्था रहेको अवगत गराउँदै आगामी दिनमा समेत लोकतन्त्र, प्रेस स्वतन्त्रता, तथा नागरिक अधिकारका लागि खरो ढंगले उत्रने बताउनु भयो ।
उहाँले सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तिनै तहमा प्रेस स्वतन्त्रा मैत्री सञ्चार कानुन बनाउन, स्वरोजगारमूलक साना लगानीका सञ्चारमाध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रबद्र्धनका लागि महासंघ सबै सरोकारवालासंग हातेमालो गर्दै सबैको सुझाव र सल्लाहका आधारमा अघि बढ्न चाहेको बताउनुभयो ।
सभामा सर्वोच्च अदालतको आदेशविपरीत अदालत परिसरबाट पक्राउ परि हिजो साँझ रिहा हुनुभएका पत्रकार जितेन्द्र्र महर्जनलाई महासंघले अभिनन्दन गरेको छ ।
अभिनन्दनपछि पत्रकार महर्जनले आफ्नो रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघलगायतका संघ संस्थाप्रति अभार प्रकट गर्दै आफूलाई यो घटनाले पत्रकारितामा लाग्न अझ बढी प्रेरित गरेको भन्दै आउँदो दिन अझ बढी क्रियाशील हुने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।