कर्णालीमा एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार, सामाजिक विकासमन्त्री आफै उद्धारमा खटिए

 वैशाख १८, २०७६ बुधबार १६:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई उद्धार गरेको हो । 

चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की  राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले  उद्धार गरेको हो । सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकप्टर लिएर उद्धारका लागि जानु भएको थियो । 

महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको  गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याएको हो । 

कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकप्टरको व्यवस्था गर्दै आएको छ । हालसम्म प्रदेश सरकारले २१ जनाको उद्धार गरिसकेको छ । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ उद्धारमा खर्च गरेको सामाजिक विकास मन्त्री रावलले बताउनुभयो । 

-हुम्लाबाट रमेश ऐडी र सुर्खेतबाट मुना हमाल


 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया