रणवीर कपूरको करियरको टर्निङ प्वाइन्ट बन्यो ‘सञ्जु’

 असार १७, २०७५ आइतबार १३:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रणवीर कपूरको करियरका लागि सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ ‘टर्निङ पोइन्ट’ बनेको छ ।  रणवीरले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि ‘बचना ए हसिनो, अजब प्रेमकी गजब कहानी, रकेट सिंह, अन्जाना अन्जानी, रकस्टार, बर्फी, ये जवानी हे दिवानी, तमाशा, बेशर्म, ऐ दिल हे मुस्कील, जग्गा जासूससहित १८ वटा फिल्ममा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् । तर यी १८ फिल्मे मध्य उनका ३ वटा फिल्मले मात्रै १०० करोड कमाउन सफल भएका छन् ।

उनका फिल्महरु मध्ये फिल्म ‘ए दिल हे मुस्कील’, ‘बर्फी’ र ‘ये जवानी हे दिवानी’ले सय करोडको व्यापार गर्न सफल भएका थिए । रणवीरको १२ वर्षको बलिउड करियरमा यस किसिमको सफलता मिलेको थिएन जून सफलता उनले १९ औं फिल्म ‘सञ्जु’ बाट पाइरहेका छन् । 

प्रदर्शनको पहिलो दिनबाटै ‘सञ्जु’ ले दर्शकलाई सिनेमाहल सम्म तान्न सफल भएको छ । जून २९ मा प्रदर्शन भएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै सर्वाधिक कमाई गर्दै २०१८ को पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । ‘सञ्जु’ ले पहिलो दिनमा ३४.७५ करोड कमाई गर्दै यस अघि सलमान खानको फिल्म ‘रेस ३’ ले बनाएको रेकर्ड तोडिदिएको छ ।

पहिलो दिन जस्तै गरी फिल्मले दोस्रो दिन पनि ‘रेस ३’ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । ‘सञ्जु’ ले दोस्रो दिन ३८.६० करोडको व्यापार गर्दै ‘रेस ३’ दोस्रो दिन बनाएको रेकर्डलाई समेत तोडिदिएको छ । दोस्रो दिन सम्म ‘सञ्जुले ७३.३५ करोडको व्यापार गरेको छ । 

रणवीरले अझै पनि सलमान खानको फिल्म ‘रेस ३’ को अर्को रेकर्ड तोड्न बाँकी छ । ‘रेस ३’ २०१८ को यस्तो फिल्म हो जसले प्रदर्शको तेस्रो दिनमै १०० करोडको व्यापार गर्दै बलिउडको सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ । सलमानको फिल्मले बनाएको यस यस रेकर्डलाई समेत रणवीरको ‘सञ्जु’ ले सजिलै तोड्दै किर्तिमान पनि आफ्नो नाममा सजिलै बनाउन सक्ने अनुमान फिल्म समिक्षक तथा दर्शकले गरिरहेका छन् । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया