पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
अन्नपूर्ण हिमालबाट एक साताअघि अघि उद्धार गरिएका मलेसियाका डाक्टर चिन वुइ किनको उपचारका क्रममा बिहीबार सिंगापुरमा निधन भएको छ ।
डाक्टर चिन वुइ अन्नपूर्ण हिमालमा ४३ घण्टा अलपत्र परेका थिए जसलाई ४३ घण्टापछि नेपाली उद्धार टोलीले सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।
उद्धारपछि काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार गरेर थप उपचारका लागि उनलाई सिंगापुर रिफर गरिएको थियो ।
उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको शवलाई सिंगापुरको बुकित मेराहमा रहेको बौद्ध मन्दिरमा राखिएको स्थानीय टुडे अनलाइनले जनाएको छ । अन्नपूर्ण हिमालबाट ओर्लने क्रममा अप्रिल २३ तारिखदेखि हराइरहेका थिए ।