अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च
कात्तिक २२, २०८१ बिहिबार
मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
बिहीबार राति भएकाे खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा गर्यो ।
टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा शार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए ।
बलिङतर्फ हैदराबादका खालिल अहमदले तीन विकेट लिए ।
जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सीमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे । यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए ।
बलिङतर्फ बुम्राह, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट बाँडे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।