आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेपछि कोलकाता नाइट राइडर्सले जारी आईपीएलको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लिग चरणका अन्तिम खेलअघि कोलाकाता पाँचौँ स्थानमा उक्लिएको छ ।
चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स १३ खेलबाट १६ अंक जोडेर प्लेअफमा सुरक्षित भइसकेका छन् । चौथो स्थानमा रहेको सनराइजर्स हैदराबादको १२ अंक छ । पञ्जाबलाई हराएर कोलताकाले पनि १२ अंक नै बनाएको छ । तर नेट रनरेटमा पछि रहँदै पाँचौं स्थानमा छ ।
लिगमा अन्तिम चरणका खेलले प्लेअफमा पुग्ने अन्तिम टोलीको भविष्य फैसला गर्नेछ । अन्तिम चरणमा कोलाकाताले मुम्बई इण्डियन्स र हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछन् ।
त्यसो त पञ्जाब र राजस्थान रोयल्सको सम्भावना पनि गणितीय रुपमा बाँकी नै छ । ११ अंक रहेको राजस्थानले अन्तिम चरणमा दिल्ली क्यापिटल्स र १० अंक रहेको पञ्जाबले शीर्ष स्थानको चेन्नईसँग खेल्नेछ ।
शुक्रबार पञ्जाबले दिएको १८४ रनको लक्ष्य कोलाकाताले १८ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
ओपनर शुभमन गिलले अविजित अर्घशतकीय पारी खेलेपछि कोलकाताले सहज जित निकालेको हो । उनले ४९ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ६५ रन बनाए ।
गिलले पहिलो विकेटका लागि क्रिश लिनसँग ६२, दोस्रो विकेटका लागि रोबिन उथप्पासँग ३८ र तेस्रो विकेटका लागि आन्द्रे रसेलसँग ५० रनको साझेदारी गरे ।
लिनले २२ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाउँदा उथप्पाले १४ बलमा २२ र रसेलले १४ बलमा २४ रनको योगदान गरे । रसेलले २ चौका र २ छक्का प्रहार गरे । दिनेश कार्तिकले १ छक्का र २ चौकासहित अविजित २१ रन जोडे ।
यसअघि घरेलु मैदान चण्डीगढमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले मध्यक्रमका साम कुरानको विस्फोटक पारीको सहयोगमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । छैटौं नम्बरमा ब्याटिङमा आएका इंग्लिस अलराउण्डर कुरानले २४ बलमा ७ चौका र २ छक्कासहित अविजित ५५ रन बनाए ।
ओपनर क्रिश गेल १४ र केएल राहुल २ रनमै आउट भए पनि मध्यक्रममा मयंक अग्रवालले ३६, निकोलास पुरनले ४८ र मन्दीप सिंहले २५ रन बनाएर पारी सम्हालेका थिए । कोलकाताका लागि सन्दीप वारियरले २ विकेट झारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।