यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ ।
पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।
तर फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । प्रिमनसुन भएकाले हुरीबतास र चट्याङ परे पनि हिजोअस्तिको जस्तो तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने उहाँको अनुमान छ ।
हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाण्डौ उपत्यकाको थोरै ठाउँमा पानी पर्न सक्ने मौसमविद् बासीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।