यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – हुम्लाको ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी (इन्फ्लूएन्जा) भएकाे पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाण्डौ टेकुमा ५ जना बिरामीको खकारको नमुना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो ।
यो छिटो फैलिने प्रकारको मौसमी रुघाखोकी भएको प्रभावित क्षेत्रमा खटिएका डाक्टर केएन पौडेलले बताउनुभयो । उहाँले हुम्लामा बालबालिका र वृद्धवृद्धाको ज्यान जानुको कारण पनि इन्फ्लूएन्जा भएको जानकारी दिनुभयो ।
चैत अन्तिम हप्तादेखि सुरु भएको रोगबाट हुम्लाको ताँजाकोटमा १० जनाको ज्यान गएको थियो भने झण्डै २ सय जना बिरामी भएका थिए । गाउँमा फैलिएको रोग नियन्त्रणमा आइसकेको र बिरामीलाई एन्टिभाइरल औषधि प्रयोग गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृशबहादुर शाहीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।