बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा आजदेखि घर निर्माण सुरु

 वैशाख २१, २०७६ शनिबार ९:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ ।

बाराको फेटा गाउँपालिका-६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गर्नुभयो । उहाँले तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताउनुभयो । उहाँले सेनाले घर बनाउन सुरु गरेपनि स्थानीय नागरिकको पनि सहयोग आवश्यक हुने बताउनुभयो ।

सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बनाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । 

बाराको पुरैनिया, भलुहीभरवलीया, हर्दिया, पर्सुरामपूर, तेलगाइ, बेनौली, रमपूर्वासहित १० ठाउँ र पर्साको चैनपुर र उदयपुरघुर्मीमा गरी १२ ठाउँमा एकैसाथ घर निर्माणका लागि काम सुरु गरिएको छ । छुट्टाछुट्टै ठाउँमा हुने शिलान्यासमा उपप्रधानमन्त्रीसहित सरकारका मन्त्री सहभागी रहेका नेपाली सेनाले जनाएको छ । 

उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव,  गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा  जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना थापामगर र भूमी व्यवस्था सहकारी मन्त्री पद्माकुमारी अर्याल कार्यक्रममा पुग्नुभएको छ ।

गएको चैत १७ गते आएको हावाहुरीमा परेर २८ जनाको ज्यान जानुका साथै झण्डै २ हजार बढी घरमा क्षति पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया