अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च
कात्तिक २२, २०८१ बिहिबार
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय १५ रन बनायो । राजस्थानका लागि रियान परागले ४९ बलमा ५० रन बनाए । उनी आईपीएलमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । राजस्थानका लागि अरु कुनै पनि खेलाडीले राम्रो पारी खेल्न सकेनन् ।
राजस्थानलाई कम योगफलमा रोक्न इशान्त शर्मा र अमित मिश्राले समान तीन तीन विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा सञ्जु सामसन रन आउट भए ।
शनिबार नै हुने दोस्रो खेलमा राति सवा आठ बजे रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबाट प्रतिस्पर्धा गर्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।