आईपीएल : राजस्थानलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स फेरि दोस्रो स्थानमा फर्कियाे

 वैशाख २१, २०७६ शनिबार २०:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा खेलाडी सन्दीप लाछिाने सम्मिलित दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले घरेलु मैदानमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । राजस्थानले दिएको ११६ रनको लक्ष्य दिल्लीले १६।१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

दिल्लीले २८ रन हुँदा शिखर धवन र पृथ्वी श लाई इश शाेधीकाे लगातार दुई बलमा गुमाएपछि केही दबाबमा परेको थियो । धवन १६ तथा शा ८ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले पारी सम्हालेका थिए । ऐय्यर १५ रनमा आउट हुँदा पन्त अन्तिमसम्म क्रिजमा रहँदै अर्धशतकीय पारिको योगदान गरे ।

कोलिन इंन्ग्राम १२ तथा शरफेन रदरफोर्ड ११ रनमा पेभेलियन फर्किएका थिए । राजस्थानका इस सोधीले ३ तथा श्रेयस गोपालले २ विकेटले लिए ।

पहिला ब्याटिङ गरेको राजस्थानले ५७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर रियान प्रयागले ५० रन बनाएपछि राजस्थानले मध्यम लक्ष्य दिएको थियो । राजस्थानका लायम लिभिङस्टोनले १४ रन बनाउँदा श्रेयस गोपालले १२  बनाए भने अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका अमित मिश्रा र इशान्त शर्माले तीन तीन विकेट लिँदा ट्रेन्ट बोल्टले २ विकेट लिए । 

शनिबारको नतिजासँगै राजस्थान राेयल्स र किंग्स इलाभेन पञ्जाब प्रतियोगितबाट बाहिरिएका छन् । प्रतियोगितबाट बाहिरिने पहिलो टोली भने रोयल च्यालेन्जर्स बैंग्लोर हो 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया