विराटनगर स्थायी राजधानी तोक्न माग गर्दै अनिश्चितकालीन बन्द

 वैशाख २३, २०७६ सोमबार ११:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा अनिश्चितकालीन आम हड्ताल आह्वान गरिएको छ । 

विराटनगरलाई स्थायी राजधानी बनाउन आइतबार राति संघर्ष समिति निर्माण गरेर आम हड्ताल आह्वान गरिएको हो । विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दवाब समितिको पहिलो आन्दोलन नै विराटनगर बन्दको पक्षमा देखिएको छ ।

प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहेको र महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आह्वान गरेको हो ।  

समितिले जारी गरेको विज्ञप्तिमा विराटनगरलाई स्थायी राजधानी बनाइ सबै संरचना विराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ । सर्वदलीय छलफल पछि आइतबार राति ११ बजे मात्र विराटनगरलाई नै स्थायी राजधानी तोक्दै संरचना विराटनगर भित्रै राख्नु पर्ने मागसहित बन्द आव्हान भएको थियो ।

आन्दोलन समितिका संयोजक डा. भेषप्रसाद धमलालले विराटनगरको महत्वलाई नबुझी विराटनगरलाई राजधानी तोकेर संरचना अन्यत्र लैजान खोजिएपछि सबै दलहरुले आन्दोलन गरेको बताए । 

अनिश्चिनकालीन आम हड्तालको घोषणासँगै विराटनगरको जनजीवन प्रभावित बनेको छ । सार्वजनिक यातायतका साधनहरु चल्न सकेका छैनन् भने, टंकिसिनवारीदेखि बिराटनगरको रानीसम्मको कोशी राजमार्गमा मोटरसाइकल बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन । 

बन्द गर्दै हिँड्नेहरुमा नेकपा, नेपाली कांग्रेस, राप्रपा, मधेशवादी दलहरु, राजपा, संघीय समाजवादी फोरमलगायतका दलसहित उद्योगी ब्यापारी पनि छन् ।

अन्तिम अपडेट: चैत २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • spandan dutta

    May 6, 2019, 12:10 p.m.

    "अँधेर नगरी चौपट राजा, टक्के सेर भाजी टक्के सेर खाजा " भनेको यही हो ...भोट बैंकको राजनीति हो यो सब ...वास्तवमा बिराटनगर भन्दा उचित विकल्प राजधानीको लागि अर्को कुन छ ? अब धनकुटावासीले पनि चित्त बुझाउनुपर्यो ...विना कामको फसाद गरेर झन कति नोक्सान गर्ने /

  •  0 Reply

तपाईको प्रतिक्रिया