इण्डियन प्रिमियर लिग : फाइनल प्रवेशका लागि मुम्बइ र चेन्नइ खेल्दै

 बैशाख २४, २०७६ मंगलबार ८:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पहिलो क्वालिफायर मंगलबार चेन्नइकाे चिन्दाबराम रंगशालामा हुँदैछ । 

आर्एपीएलको शीर्ष दुई स्थानमा रहेका मुम्बइ र चेन्नइ बीचको खेलको विजेता सिधा फाइनलमा प्रवेश गर्नेछ । आईपीएलकै उत्कृष्ट दुई टिमबीचको क्वालिफायर खेल नेपाली समयअनुसार मंगलबार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

लिग चरणको अन्तिम खेलमा कोलकातालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि मुम्बइ १४ खेलबाट १८ अंकका साथ चेन्नइलाई रनरेटमा पछि पार्दै लिगको शीर्ष स्थानमा पुगेको हो । रोहित शर्मा नेतृत्वको मुम्बइले लिग चरणका दुवै खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नइलाई पछि पारेको छ । 

घरेलु मैदानमा मुम्बइविरुद्ध चेन्नाईको रेकर्ड राम्रो छैन । चिन्दाबराम रंगशालामा अहिलेसम्म भएका ६ खेलमध्ये मुम्बइले ४ खेल जितेको छ । तर, आईपीएल प्लेअफमा भने यी दुई टोलीले ७ पटक खेलेकोमा चेन्नइले ४ र मुम्बइले ३ पटक जितेका छन् ।

याे आईपीएलमा चेन्नइको बलियो पक्ष स्पिन बलिङ आक्रमण हो । ब्याटिङ र फाष्ट बलिङमा चेन्नइ टिम मुम्बइ भन्दा कमजोर देखिन्छ । तर, धोनीको रणनीति पनि निर्णायक बन्न सक्छ । तर, किरोन पोलार्ड र हार्दिक पण्ड्याको ब्याट चलेको दिन कसैको रणनीतिले काम गर्दैन भनिन्छ ।

यस खेलमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।

बुधबार हुने इलिमिनेटर खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन् । त्यस खेलको विजेता र आजको खेलमा पराजित हुने टिमबीच फाइनल प्रवेशका लागि भेट हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया