यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – सर्वोच्च अदालतले जन्मसिद्धको आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता वालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशहरु शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई कानुनबमोजिम वंशजको नागरिकता दिन परिपत्र गरेपछि चर्को विरोध भइरहेको छ ।
परिपत्र गलत रहेको दाबी गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गर्नुभएको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गर्ने ब्यवस्था गरेकोमा त्यस्तो नागरिकता पाएकाको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृह मन्त्रालयको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।