समाजवादी पार्टी, नेपालको पहिलो बैठक बस्याे

 वैशाख २४, २०७६ मंगलबार १८:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवगठित समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । 

मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउनुभएको हो । त्यसअघि उहाँले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो । सपथग्रहणपछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो । एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ भने पार्टी अध्यक्ष उपेन्द्र यादव । अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराईलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया