‘मसँग कुस्ती खेल्ने हो ?’ भन्ने ढङ्गबाट संसदमा प्रधानमन्त्री प्रस्तुत हुनुभयो : गगन थापा

 वैशाख २४, २०७६ मंगलबार १९:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाउनुभएको छ । 

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थामा बसेको थापाले आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु’ भनेपछि आफूहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरीहता देखाएको टिप्पणी उहाँले गर्नुभयो । बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेशपालक बनेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुनः पुष्टि गर्नुभएको छ ।’

उहाँले प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभयो । ‘तिमीले प्रयोग गर्यौ । त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु । मसँग कुस्ती खेल्ने हो ?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी उहाँले गर्नुभयो । नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उहाँले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं । तर यो समान्य घटना होइन । आज जुन घटना भयो, प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो, सभामुख जसरी निरीह हुनुभयो, यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।’

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • हरीसरम

    May 8, 2019, 3:25 p.m.

    गगन ईन्डियन एम्बेसीबाट महीनाबारी बुझ्ने मान्छे हो। यस्ता नेताले हाम्रो देशको राम्रो के गर्ला ? यो गगन सीके लाल भन्दा खतरा छ। सीके ब्वाँसो हो भने गगन स्याल हो। नेपालीहरु होसीयार

  •  0 Reply
  • Mangal lama

    May 8, 2019, 8:30 a.m.

    नेपालीको सरकार होइन रैछ केपि ओलि हिजोको संसाद को बैठक हेर्द मेरो सरकार जस्तो किसिमको बोली बोल्नु भएन नि।

  •  0 Reply

तपाईको प्रतिक्रिया