१५ अर्ब रुपैयाँको रिपो बिक्री गर्दै राष्ट्र बैंक

 बैशाख २५, २०७६ बुधबार ७:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको हो । 

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । 

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्री गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया