तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ सिमा बिक नेकपामा प्रवेश

 वैशाख २५, २०७६ बुधबार १७:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ सिमाकुमारी बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ । 

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको एकता भएको दुई दिनमै बिक नेकपामा प्रवेश गर्नु भएको हो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितिमा नेकपाको मुख्यालयमा भएको एक कार्यक्रममा उहाँ नेकपा प्रवेश गर्नु भएको हो । पूर्व सांसदसमेत रहेकी बिक नेकपाले नागरिकको हितमा राम्रा काम गर्दै गएकाले आफूले यो पार्टी रोजेको बताउनुभयो । 

को हुन् सिमा बिक ?

सीमा विक राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । पार्टी अध्यक्ष शिवलाल थापा विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेपछि सांसद बिक २०७४ साल वैशाखमा नयाँ शक्तिमा प्रवेश गर्नु भएको थियो । उहाँले नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यका रुपमा रहेर काम गर्नु भएको थियो । 

यसअघि  तत्कालीन माओवादीबाट पूर्व सभासदसमेत रहेकी कल्पना धमला तथा नेताहरु रामरिझन यादव, देवेन्द्र पराजुली, मदन राईलगायत पनि नेकपा प्रवेश गर्ने हल्ला चलेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया